२९ असार २०७७ सोमबार
राजनीति

साझा पार्टीको केन्द्रीय समितिमा थपिएका सात सदस्य को हुन् ?

काठमाडौं– साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा बसेको केन्द्रीय समितिको बैठकले २६ सदस्यीय केन्द्रीय समितिमा सात जना नयाँ सदस्य थप गरेर ३३ जना पुर्याएको छ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यका अनुसार विकल शेरचन, सुमित्रा सिंह लामा, किर्ति तुलाधर, रोहित थापा, नारायण कोइराला, विकु लामा र भिमप्रसाद अधिकारीलाई केन्द्रीय सदस्यमा चयन गरेको हो।

नेपाल जेसिसमा आजसम्म राष्ट्रिय अध्यक्ष बनेका तीन महिला मध्येकी एक कीर्ति हुन्। उनी अन्तराष्ट्रिय जेसिसको पनि उपाध्यक्ष थिइन्। हाल उदाय् मिसा पुचकी अध्यक्ष छिन्।

जनस्वास्थ्यमा विद्यावारिधि गरेकी सुमित्रा गत निर्वाचनमा साझा पार्टीको काठमाडौँ क्षेत्र नं ३ की उमेद्वार भएकी थिइन्।

शिक्षा क्षेत्रको नीतिगत र व्यवस्थापन तहमा लामो अनुभव हासिल गरेका नारायण उच्च माध्यमिक शिक्षा परिषदका पूर्वसदस्य सचिव भएका थिए।

नेपाल जेसिसका पूर्व अध्यक्ष तथा नेतृत्व प्रशिक्षक हुन् विकल। प्रहरी सेवामा सफल कार्यकाल निर्वाह गरेका रोहित पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक हुन्।

झापाका कम्युनिस्ट पृष्ठभूमिका हुन् भीम। काभ्रे जिल्लाका २ सय भन्दा बढी स्कुलमा आफ्नो अग्रसरतामा पुस्तकालयहरू निर्माण गरेका, पेशाले व्यवसायी तथा साहित्यकार हुन् विकु।

प्रकाशित: ५ श्रावण २०७६ १४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App