८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपाको स्कूल विभागमा रस्साकस्सी, पूर्वमाओवादीलाई पोखरेल अमान्य

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। आज दिउँसो बस्ने सचिवालय बैठकले एकता प्रक्रियाको बाँकी काम टुंग्याउने बताइएको छ। आजको बैठकले इञ्चार्ज र सहइञ्चार्ज, विभागलगायत टुंगो लगाउन सक्ने बताइएको छ।

सचिवालय बैठक बस्नुअघि नेकपाको स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादीको रस्साकस्सी परेको छ। जसमा पूर्वमाआवादीबाट प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलले आफुले पाउनुपर्ने दाबी गरेका छन्।

सचिवालय बैठक बस्नुअघि शनिवार पूर्वएमालेले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए भने पूर्वमाओवादीले आइतबार बिहान खुमलटारमा छलफल गरेका थिए।

पूर्वएमालेको छलफलबाट स्कूल विभागको प्रमुखमा पोखरेललाई पठाउने छलफल गरेका थिए। उक्त छलफल लगत्तै आइतबार बिहान पूर्वमाओवादीका नेताहरुले पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसेर स्कूल विभागमा पोखरेललाई नमान्ने छलफल गरेका थिए। स्कूल विभागमा पूर्वमाओवादीले पाउनुपर्ने दाबी गरेको छ। बैठकमा स्कूल विभागमा कुनै हालतमा नछाड्ने पूर्वमाओवादीहरुले दाबी गरेका छन्। पूर्वमाओवादीबाट श्रेष्ठलाई स्कूल विभागमा पठाउने तयारी गरेको छ।

त्यस्तै आजको सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत हुन निर्देशन पनि दिइएको छ। यसअघिको सचिवालयमा बैठकमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादु थापा बोल्दै नबोल्ने गरेको भन्दै विरोध भएको थियो।

 

प्रकाशित: ५ श्रावण २०७६ ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App