coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘वार्ताको विकल्प छैन भन्ने कुरामा सरकार पुगेको छ, विप्लव समूह पनि तयार छ’

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं सरकारी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘सरकारको तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरेको छुँ। तर, अहिलेसम्म औपचारिक रुपमा वार्ता भएको छैन्।’

वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायित्व चाहेको सुनाउँदै पाण्डेले भने, ‘सरकार द्वन्द्व र हिंसा चाहँदैन्। हामी त सुशासन र समृद्धि चाहन्छौं। त्यही भएर सरकारले मेरो नेतृत्वमा उच्चस्तरीय वार्ता टोली बनाएको थियो। मैले धेरै सशस्त्र समूहसँग वार्ता गरेर उनीहरुलाई मूलधारमा ल्याएको छु। मेरो नेतृत्वको टोलीले विप्लवसँगमात्रै सहमति गर्न सकेको छैन्। अहिले पनि म्याद सकिए पनि मैले वार्ताको पहल गरिरहेको छु।’

उनले आफूले विप्लव समूहका गुणराज लोहनीसँग सम्पर्क बढाएर वार्ता तथा सम्वादको पहल गरेको स्मरण गराए। उनले भने, ‘अहिलेसम्म अनौपचारिक छलफल मात्र भएका छन्। हामी धेरै पटक छलफल तथा वार्तामा बस्यौं। तर, अहिलेसम्म सार्थक हुन सकेको छैन।’ उनले सरकारले अहिले पनि विप्लवसँग वार्ताको ढोका खोलेको सुनाए। पाण्डेले भने, ‘वार्ताको विकल्प छैन् भन्ने कुरामा सरकार पुगेको छ। विप्लव समूहका नेताहरु पनि वार्ताको लागि तयार हुनुहुन्छ।’ 

उनले अहिलेसम्म सरकारले लिखित रुपमा वार्ताको लागि पत्राचार नगरेको स्पष्ट पारे।

प्रकाशित: १ श्रावण २०७६ १२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App