२९ असार २०७७ सोमबार
राजनीति

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाए

काठमाडौं– विभिन्न देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। 

नेपालका लागि युगाण्डाका गैरआवासीय राजदूत दिनाह ग्राच अकेल्लो, बोस्निया एण्ड हर्जगोभिनाका मोहमद सेन्जिक, मालीका सेको कासे र साइप्रसका गैरआवासीय राजदूत एगिस लोजाउले सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आआफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। 

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीका अनुसार समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उच्च पदस्थ अधिकारीहरु उपस्थित थिए। राजदूतहरुलाई होटल सांग्रिलादेखि शीतल निवाससम्म बग्गीमा सवार गराइएको थियो।

प्रकाशित: ३० असार २०७६ १७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App