७ वैशाख २०८१ शुक्रबार
राजनीति

सांसदहरु बाढी पहिरो प्रभावित क्षेत्रमा जान पर्ने भन्दै प्रतिनिधिसभा बैठक स्थगित

फाइल तस्बिर

काठमाडौं- प्रतिनिधिसभाको बैठक सुचना टाँसेर स्थगित गरिएको छ। सोमबार १ बजेका लागि बोलाईएको बैठक बस्दै नबसी सूचना टांसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालयले सोमबार सूचना प्रकाशित गरि बाढी पहिरो र डुबान प्रभावित क्षेत्रमा राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगमन समेत गर्नका लागि सांसदहरु आ आफ्नो क्षेत्र र जिल्लामा जान समय दिनुपर्ने भएकाले बैठक ८ गते बुधबार १ बजे बस्ने गरि निर्धारण गरिएको जनाएको छ।

सूचनामा भनिएको छ “आज मिति २०७६ साल असार ३० गते सोमबार दिनको १ बजे बस्ने गरि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक देशका विभिन्न भागमा आएको बाढी पहिरो र डुबानबाट भएको जनधनको क्षति लगायतको प्राकृतिक विपत्तीमा परि मृत्यु हुनेहरुका परिवारमा सान्त्वना लगायत अन्य आवश्यक सहयोग पुर्याउन, वेपत्ता परिवारको खोजी , उद्धार र राहतमा आवश्यक सहयोग, समन्वय एवं अनुगम समेत गर्न माननयि सदस्यहरुलाई आ आफ्नो क्षेत्र जिल्लामा जान समय दिनुपर्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुख ज्यूले अर्को बैठक २०७६ साल साउन ८ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। ”

कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दे असार २४ गते मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए। असार २५ गते बुधबारका दिन नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्ण बहादुर महराले बैठक सञ्चालन गरेका थिए। सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएपछि कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि नाराबाजी गरेका थिए।

प्रकाशित: ३० असार २०७६ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App