coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसदमा पूर्व निर्धारित छलफल स्थगन गरी बाढीको विषयमा छलफल गरौं

काठमाडौं– सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न बस्ने आजको प्रतिनिधिसभाको बैठक स्थगन गर्न नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका नेताहरुले माग गरेका छन्।

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल र पुष्पा भुषाल तथा राजपा सांसद राजकिसोर यादवले सो प्रस्ताव दर्ता गरेका हुन। प्रस्तावमा बाढीपहिले देशभर क्षति भएको उल्लेख गर्दै यस विषयमा सरकारको कामकारवाहीबारे प्रतिनिधिसभामा छलफलका लागि प्रस्ताव गरेका छन्। 

प्रस्तावमा बाढी पहिराेकाे सम्वन्धमा नेपाल सरकारद्वारा संचालित उद्धार, राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रहरुको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिने तथा प्रतिनिधि सभाका सदस्यहरुबाट प्रभावित क्षेत्रबारे सरकारलाई सूचना उपलब्ध गराउने उद्देश्यले प्रतिनिधि सभामा  आषाढ ३० गतेको लागि निर्धारित सबै कार्यक्रम स्थगित गरियोस् भनि  स्थगन प्रस्तावको सूचना पेश गरिएकाे उल्लेख छ।

प्रकाशित: ३० असार २०७६ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App