२९ असार २०७७ सोमबार
राजनीति

मजदुरलाई पार्टी प्रवेश गराउँदै उपेन्द्रले भनेः श्रम समस्यालाई सत्ता प्राप्तिको सिँढी बनाइयो

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रम समस्यालाई पुराना पार्टीले सत्ता प्राप्तिको सिँढी बनाएको आरोप लगाएका छन्। 

शनिबार जोरपाटीमा समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सरकार उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादवले पुराना दल कांग्रेस, नेकपा, राप्रपा लगायतले  श्रमका कुरा उठाएर सत्ता प्राप्तिको सिँढीमात्र बनाएको बताए।

समाजवादी पार्टीले अधुरा रहेका सम्पूर्ण श्रमका समस्यालाई पुरा गर्ने उनले बताए। ‘हाम्रो समाजवाद भनेको हुने खानेको र हुँदा खाने बीचको समानता हो। गाउँ र सहरबीचको असमानताको अन्त्य। दलित र गैरदलित बीच समानता नै हाम्रो समाजवाद हो’, उनले भने।

अध्यक्ष यादवले मजदुरहरुले विगतमा राजनीतिक आन्दोलनमा सक्रिय भूमिका खेलेको भन्दै ट्याक्टरलाई ट्यांकर बनाएर राजनीतिक परिर्वतनमा योगदान रहेको टिप्पणी गरे। मजदुरहरुको सम्मानको लागि आज ठूलो आन्दोलनको आवश्यकता रहेको उनले औल्याए। कार्यक्रममा यादवले नेकपाको ट्रेड युनियनका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सय जना मजदुरलाई आफ्नो पार्टीमा प्रवेश गराएका थिए। 

प्रदेश नं. ३  इन्चार्ज तथा उपाध्यक्ष गणेश पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले स्वागत मन्यव्य राखेका थिए। त्यस्तै,समाजवादी पार्टी उपाध्यक्षद्वय हिसिला यमी र रकम चेम्जोङ्ग, सहअध्यक्ष  राजेन्द्र श्रेष्ठले मजदुर तथा श्रमिकको अधिकारका लागि पार्टीले सशक्त संघर्ष गर्ने बताएका थिए। 

प्रकाशित: २८ असार २०७६ २१:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App