coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मृतकका परिवारलाई तीन लाख राहत दिइने

धनुषा– प्रदेश २ मा बाढीपहिरोले ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले तीनलाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

पहिरोले ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रदेश सरकारले मृतकका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने शनिबार मन्त्रिपरिषद्को आकस्मिक बैठकले निर्णय गरेको हो।

राहत र उद्धारलाई निरन्तरता दिँदै मृतक परिवारलाई राहत रकम उपलब्ध गराउने, कार्यकर्तासहित आमसर्वसाधारणलाई उद्धार कार्यमा लाग्न सरकारले आग्रह गरेको छ।

यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ।

मन्त्रिपरिषद्को बैठकले हालसम्म राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरूलाई धन्यवाद दिदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरूलाई आह्वानसमेत गरेको छ।

बाढीपहिरोका कारण सबै बाटोहरू अवरुद्ध भएको अवस्था राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

प्रकाशित: २८ असार २०७६ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App