६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रयोगशाला निरीक्षणपछि कृषिमन्त्रीले भने– जनता डराउनुपर्नेस्थित रहेनछ

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारभित्र रहेको विषादी प्रयोगशालाको अवलोकन गर्दै । तस्बिर/रासस

काठमाडौं– कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन्। भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गरेका हुन्।

करिब एक घण्टा प्रयोगशालाको निरीक्षणपछि उनले संचारकर्मीमाझ प्रचार गरिएजस्तो भारतबाट आयातीत तरकारी तथा फलफूलमा विषादी नभएको परीक्षणका क्रममा पाइएको स्पष्ट पारे। उनले दैनिक तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेकाले सर्वसाधारणले पनि डराउनुपर्नेस्थित नरहेको पनि बताए। केन्द्रमा रहेको सो प्रयोगशालामा सबै प्रकारको विषादीको परीक्षण हुने र अन्य ठाउँमा रहेका ८ वटा प्रयोगशालाबाट पनि तरकारी तथा फलफूलको विषादी परिक्षणको काम भईरहेको मन्त्री खनालको दावी छ।

मन्त्री खनालले जनस्वास्थ्यलाई ख्यालमा राखेर सरकारले चार महिना अघि नै २१ वटा विषादीको प्रयोगमा प्रतिबन्ध लगाएको पनि स्मरण गराए। मन्त्री खनालका अनुसार नेपालमा हाल विषादी परीक्षणका लागि केन्द्रमा एक र देशका अन्य भागमा गरी ८ वटा प्रयोगशाला रहेका छन्।

विश्व खाद्य संगठनले २०७१ सालमा स्थापना गरेको केन्द्रिय कृषि प्रयोगशालामा सबै खालको विषादीको परीक्षण हुन्छ। अन्य ८ ठाउँबाट पनि खाद्य बस्तुहरुको विषादी परीक्षण भईरहेको छ। मन्त्री खनालले त्यतिले मात्रै नपुगेका कारण भन्सार नाकाहरुमा पनि विषादी चेकजाँचको व्यवस्था गर्नुपर्ने आवश्यकक्ता मन्त्रालयले औंल्याएको पनि बताए।

सरकारले विषादीको प्रयोगलाई कम गर्दै लैजान विभिन्न प्रदेशहरुमा प्राङगारिक मल उत्पादनका लागि ५२ करोडको बजेटको व्यवस्था पनि गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको दावी छ। 

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारभित्र रहेको विषादी प्रयोगशालाको अवलोकन गर्दै । तस्बिर/रासस
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App