१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्री ओलीले लिए राष्ट्रिय परिचय पत्र

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेबाट वितरण गरेको परिचयपत्र देखाउँदै । तस्बिरः रासस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय परिचय पत्र लिएका छन्। प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिएका हुन्।

त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचय पत्र दिइएको छ। त्यसैगरी विभागले भोली (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ। विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई सो परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए। उनले आगामी दुई वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरे।

संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो। गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले सो काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ।

प्रकाशित: २४ असार २०७६ ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App