७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाका सांसदहरुले नाराबाजीमा उत्रदै रोष्टम घेराउ गरेपछि  बैठक स्थगित भएको हो।

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कार्यकर्ता कुमार पौडेल मारिएको घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र सो घटनाको छानबिनका लागि संसदीय समिति पनि गठन नरेको भन्दै विपक्षी सांसदहरु रोष्टम घेराउ गरेका थिए ।

विपक्षी सांसदहरुले अहिले नै छानबिन समिति बनाउन माग राख्दै रोष्टम घेराउ गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित: २४ असार २०७६ ०६:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App