coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

‘ज्येष्ठलाई होइन, योग्यलाई मुख्य सचिव बनाउनुपर्छ’

‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा बाेल्दै नेता शर्मा । तस्बिरः नागरिक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले ज्येष्ठ सचिवलाई मुख्य सचिव नियुक्त गर्ने सरकारको प्रस्तावमा आपत्ति जनाएका छन्। पूर्व गृहमन्त्रीसमेत रहेका नेता शर्माले योग्यतम् सचिवलाई मुख्य सचिव बनाउन सरकारलाई सचेत गराए।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले मुख्य सचिव करारमा नियुक्त गर्नुपर्ने आफ्नो अडान पनि दोहो-याए।

ज्येष्ठ सचिवलाई नै मुख्य सचिव बनाउन बाध्य पार्ने कानुनी व्यवस्था आफूलाई मान्य नहुने पनि स्पष्ट पारे। नेता शर्माले ज्येष्ठ सचिव सक्षम नहुन पनि सक्ने उल्लेख गर्दै उसैलाई मुख्य सचिव बनाउने कानुनी प्रावधान स्वीकार गर्न नसकिने बताए।

प्रकाशित: २० असार २०७६ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App