८ वैशाख २०८१ शनिबार
राजनीति

समाजवादी पार्टीका सचिवालय सदस्य पराजुली र धमला नेकपा प्रवेश

काठमाडौं - नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच एकता भएर बनेको समाजवादी पार्टीका नेता सचिवालय सदस्य देवेन्द्र पराजुली र कल्पना धमाला सत्तारुढ नेकपा प्रवेश गरेका छन्।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका अध्यक्षद्वय पुष्प कमल दाहाल र केपी शर्मा ओलीले संयुक्त रुपमा पार्टी प्रवेश गराए। पराजुली र धमालासँगै गुणाखर बस्याल, मनु हुमागाईलगायतका समाजवादी पार्टीका नेता र केही कार्यकर्ता समेत नेकपा प्रवेश गरेका छन्।

प्रकाशित: २० असार २०७६ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App