५ वैशाख २०८१ बुधबार
राजनीति

युनियन खोल्न पाउनु पर्ने माग गर्दै काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयमा विगत चार दिनदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। विद्यार्थीहरुले विद्यार्थी युनियन खोल्न पाउनु पर्नेसहितका विभिन्न माग राख्दै प्रशासन विभाग र केही कक्षाकोठामा लगाएका हुन्।

विश्वविद्यालयमा तालाबन्दी भएपछि पठनपाठन र प्रशासनिक काम ठप्प भएको छ। उता विश्वविद्यालयले भने विद्यार्थीहरुको माग पूरा गर्न नसक्ने जिकिर गरेको छ।

विश्वविद्यालय प्रशासनले राजनीतिक माग पूरा गर्न नसक्ने स्पष्ट पारेको छ। विश्वविद्यालय भित्रै विद्यार्थीहरु राजनीतिक संगठनबाट निर्देशित भएपछि यस्तो माग गरेको हुन सक्ते विश्वविद्यालयका एक उच्चअधिकारीले बताए ।

प्रकाशित: १६ असार २०७६ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App