२७ असार २०७७ शनिबार
राजनीति

१५ दिन बित्यो, बजेटमाथिको छलफल शुरु भएन

विपक्षी दलका सासंद अनुपस्थित भएपछि खाली रहेका संसद भवन । तस्बिरः दिलबहादुर/नागरिक

धनगढी– सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले असार १ गते अगामी आर्थिक वर्ष २०७६/०७७ का लागी प्रस्तुत गरेको बजेटमाथि १५ दिन बित्दा समेत छलफल शुरु हुन सकेको छैन्। बजेटमाथि प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सासंदहरुको निरन्तरको विरोधका कारण प्रदेशसभा बैठक बजेटमाथि छलफल हुन नसकि स्थगित गरिदै आएको छ।

आइतबारको प्रदेशसभाकौ बैठकमा प्रतिपक्षी दलका सासंदहरु अनुपस्थित भएका थिए। प्रतिपक्ष दलका सासंदहरु अनुपस्थित भएकाले सभामुख अर्जुनबहादुर थापाले बजेटमाथिको छलफल शुरु नगरि बैठक स्थगित गरेका थिए। बैठक शुरु भएको घोषणालगत्तै सभामुखले भने ‘विपक्षि दलका सासंदहरु बस्ने बेन्चमा कुनै पनि सासंद उपस्थित नरहेकाले यो बैठक यहि समाप्त भएको घोषणा गर्दर्छु।’ अर्को बैठक असार १७ गते बस्ने उनले घोषणा गरे। यस अघि शुक्रबारको बैठकमा रोष्ट्रम अघि उभिएर नाराबाजी गरेका प्रतिपक्ष दलका सासंदहरु आइतबार प्रदेशसभा बैठकमा गएनन्।

सरकारले ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचारलाई बढावा दिने खालको भएको भन्दै नेपाली कांग्रेस र राजपाका सासंदहरुले बजेटको विरोध गर्दै आएका छन्। बजेट छलफलका लागी बोलाइएको असार ५ गतेको बैठकमा उभिएर उनीहरुले विरोध गरेका थिए। बैठकलगत्तै प्रदेशसभा भवनको मुल गेट नजिक रातो किताब जलाएका थिए। त्यसपछि असार ८ र ११ गतेको बैठक शुरु अघि नै प्रदेशसभा सचिवालयद्वारा सुचना टाँस गरि स्थगित गरिएको थियो। गत शुक्रबार असार १२ गते भएको बैठकमा उनीहरुले नारावाजी गरे भने आइतबारको बैठकमा उनीहरु उपस्थित नै भएनन्।

कांग्रेस संसदिय दलका नेता रणबहादुर रावलले सरकार र सभामुखबीचको समन्वय नहुदाँ सोमबारको बैठकमा प्रतिपक्षी दलका सासंद अनुपस्थित रहेको बताए। ‘हामी बिहानदेखि मुख्यमन्त्रीसहितका मन्त्रीसँग वार्तामै थियौं। सहमति नभएकाले बैठक सार्नका लागी मुख्यमन्त्रीले हाम्रै अघि सभामुखलाई फोन गरेका थिए’ उनले भने,‘सहमति नभएसम्म बैठक सार्ने कुरा भएको भनेकाले हामी बैठकमा गएनौं।’

बजेटमा व्यापक संशोधनको माग गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाका सांसदहरुसँग सरकारले छलफल जारी राखेको छ। आइतबार मुख्यमन्त्री त्रिचोलन भट्टको संयोजनका सरकारका मन्त्रीहरुले प्रतिपक्षी सासंदहरुसँग छलफल गरेका थिए। दुबै दलका नेताहरुबीच छलफल भएपछि थप छलफल गरी निष्कर्षमा पगेपछि सदन सञ्चालन गर्ने अनौपचारिक सहमति भएको बुझिएको छ। आइतबारको बैठक स्थगित गर्ने र अर्को बैठकमा अवरोध नहुने गरी प्रतिपक्षीसँग सहमति गर्ने बिषयमा पनि छलफल भएको र मुख्यमन्त्रीले आफ्नो दलका प्रमुख सचेतक तारा लामा तामाङलाई सभामुखसँग समन्वय गरेर आइतबारका लागि सदन स्थगित गर्न भने पनि सभामुख अर्जुनबहादुर थापा समक्ष यो सन्देश नपुगेका कारण सदन शुरु भएर स्थगित भएको नेकपाका एक सासंदले बताएका छन्।

सत्तापक्षका प्रमुख सचेतक तामाङले पार्टीको संसदीय दलले सरकारलाई प्रतिपक्षीहरुसित छलफल गर्न सुझाव दिएको र सो अनुसार छलफल भइरहेको र छलफलबाट समाधान खोजिने बताए। असार १७ गतेको बैठक सम्ममा प्रतिपक्षीहरु सहमतिमा आउने उनको भनाई छ।

प्रकाशित: १५ असार २०७६ १८:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App