१६ चैत्र २०८० शुक्रबार
राजनीति

३५ किलो गाँजासहित दुई पक्राउ

पर्सा – प्रतिबन्धित लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले बहुदरमाई नगरपालिका–५, बर्वा टोलबाट दुई व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

नियमित जाँचका क्रममा नगरपालिकाको भौराटारका ५५ वर्षीय मदन साह र भारत बिहारको समस्तीपुर बस्ने ३५ वर्षीया आनन्दी महतोलाई ३५ किलो गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनीहरुलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अन्नतराम शर्माले जानकारी दिए। नेपालबाट खरिद गरिएको गाँजा भारततर्फ लैजाने क्रममा उनीहरुलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका दुवैजनामाथि लागुऔषध मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। रासस

प्रकाशित: १४ असार २०७६ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App