७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘नेपालको विकास प्रयासलाई सघाउन जापान तयार’

रुपन्देही– मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले विहीबार भेटवार्ता गरेका छन्। भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताए। 

मुख्यमन्त्रीले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको विकास सन्दर्भमा जापानको सहयोग महत्वपूर्ण रहेको बताए। उनले सम्पदा र पर्यापर्यटनले महत्वपूर्ण यो प्रदेशमा कृषि र औद्योगिक विकासको धेरै राम्रो संभावना भएको बताए। उनले त्रिवि शिक्षण अस्पतालको पूर्वाधार विकासमा जापानको महत्वपूर्ण सहयोग रहेको चर्चा गर्दै यो प्रदेशका अस्पतालको क्षमता विकासमा जापानको सहयोग हुँदा राम्रै हुने बताए। 

राजदूत साइगोले शिक्षाको गुणस्तर सुधार, स्वास्थ्यसेवा सुधार र पर्यटनको विकासमा जापानको सक्दो सहयोग हुने बताए। उनले  संवैधानिक व्यवस्था अनुसार गठन भएका प्रदेश र स्थानीय सरकारहरुलाई सहयोग गर्ने बारे छलफल गर्दै अघि बढ्ने बताए। मुख्यमन्त्रीले यहाँ आएका बेला लुम्बिनी भ्रमण गरी काठमाडौं फर्कन आग्रह गरेका थिए। राजदूत साइगोले नेपाल जापान सम्बन्धमा प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित: १२ असार २०७६ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App