२७ श्रावण २०७७ मंगलबार
राजनीति

मन्त्रिपरिषदले गर्‍यो पाँच भारतीयको नेपाली नागरिकता रद्द

काठमाडौं– सरकारले पाँच जना भारतीयको नेपाली नागरिकता रद्द गरेको छ। अघिल्लो साता बसेको मन्त्रिपरिषद बैठकले झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने ५ जना भारतीयको नागरिक रद्द गर्दै कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर तथा रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंहको नागरिकता रद्द गरिएको हो। 

मन्त्रिपरिषद बैठकले पाँच जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णसमेत गरेको छ।

प्रकाशित: १२ असार २०७६ १८:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App