८ वैशाख २०८१ शनिबार
राजनीति

सबै अधिकार प्रदेश र स्थानीय तह दियौंः मन्त्री पण्डित

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका छन्। मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले यस्तो बताएका हुन्।

उनले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गरेका छन्। संविधानले तीन वटै तहको सरकारलाई सहकार्यमा अघि बढन निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो।

मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न पनि सचेत गराए। उनले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको पनि बताए।

मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको दावी गरे।

प्रकाशित: १० असार २०७६ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App