७ वैशाख २०८१ शुक्रबार
राजनीति

संसदमा ‘गलबन्दी’ को चर्चा उत्कर्षमा

काठमाडाैँ - प्रतिनिधिसभाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाए। साथै उहाँले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरे ।

सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनीकारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित: १० असार २०७६ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App