४ वैशाख २०८१ मंगलबार
राजनीति

नेकपा बैठक सुरू, जिल्ला इन्चार्ज र सह–इन्चार्जकाे मापदण्डबारे छलफल हुने

फाइल फाेटाे

काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक चलिरहेकाे छ।

बालुवाटारमा जारी बैठकमा पार्टीकाे राजनीतिक दस्तावेज र जिल्ला इन्चार्ज र सह इन्चार्जकाे मापदण्ड बारे छलफल हुने बताइएकाे छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो। यसअघि गत जेठ २३ गते बसेको बैठकमा पार्टी केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो।

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटकपटक बैठक बसे पनि टुङग्याउन सकेको थिएन। नेकपाले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ। यसअघि जेठ २१, २२ र २३ गते सचिवालय बैठक बसेको थियो।

प्रकाशित: ७ असार २०७६ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App