१६ चैत्र २०८० शुक्रबार
राजनीति

विधेयक फिर्ता प्रक्रिया सुरु भएन

काठमाडौं – भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले गुठी विधेयक–२०७५ फिर्ता लिएको घोषणा गरे पनि त्यसको प्रक्रिया सुरु भएको छैन । राष्ट्रियसभामा पुगेको गुठी विधेयक फिर्ता लिन मन्त्री अर्यालले प्रस्ताव राख्नुपर्छ । उनको प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएपछि मात्रै विधेयक फिर्ता हुन्छ ।

मन्त्रालयले विधेयक फिर्ता लिनुपर्नाको कारणसहितको पत्र संसद् सचिवालयमा पठाएपछि मात्र प्रक्रिया अघि बढ्छ । मन्त्रालयले पठाएको पत्र राष्ट्रियसभा बैठकमा पेस गर्नुपर्छ ।

बैठकको बहुमतले सो प्रस्ताव स्वीकृत गरेपछि मात्र विधेयक फिर्ता हुन्छ । तर, मंगलबार विधेयक फिर्ता लिएको घोषणा गरेको मन्त्रालयले संसद् सचिवालयलाई त्यसको जानकारीसहितको पत्र पठाएको छैन । गुठी विधेयकमाथि राष्ट्रियसभामा सैद्धान्तिक छलफल भई संशोधन प्रक्रियासमेत सकिएको छ । राष्ट्रियसभाको बैठक १० गते बस्ने कार्यक्रम छ ।

प्रकाशित: ५ असार २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App