१६ चैत्र २०८० शुक्रबार
राजनीति

सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सबै महिला नेकपा प्रवेश

पार्टी प्रवेशपछि सामुहिक तस्बिर । तस्बिरः दाहालको फेसबुक

काठमाडौं– सामाजिक अभियान्ताका रुपमा गाउँगाउँमा कार्यरत रहँदै आएका सामाजिक परिचालिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला नेकपा प्रवेश गरेका हुन्। खुमलटारमा आज आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न पार्टीमा आबद्ध भएका सामाजिक परिचालिकालाई पार्टी प्रवेश गराए।

नेकपा प्रवेश गर्नेमा नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद् सदस्य कविता थापा सोडारी, नेपाली कांग्रेसको दाङको परिचालिका अध्यक्ष विजयालक्ष्मी रेग्मी, प्रदेश नं २ को कांग्रेस सक्रिय सदस्य गीता पोखरेल, प्रदेश २ कै राजपा नगर सदस्य इन्दुकुमारी साहलगायत छन्।

उनीहरुलाई नेकपामा स्वागत गर्दै अध्यक्ष दाहालले सामाजिक परिचालकको रोजगारीको सुरक्षा र सरकारले तोकेको न्यूनतम् पारिश्रमिक दिलाउन पार्टीले पहल गर्ने बताए। ‘सरकारले सामाजिक परिचालकको रोजीरोटीको सुरक्षा, उचित पारिश्रमिक र राजनीतिक अधिकार उपलब्ध गराउने छ’, अध्यक्ष दाहालले भने ‘तपाईंहरुको सुरक्षा र अधिकारका निम्ति कोशिस गर्छौं।’

सरकारले गत साउनदेखि मजदूरको न्यूनतम पारिश्रमिक १३ हजार ४५० तोकेको भए पनि सरकारी कोषबाटै पारिश्रमिक लिने सामाजिक परिचालकले मासिक जम्मा नौ हजार मात्र तलब बुझ्दै आएका छन्। गाउँ तथा नगरपालिकामा सञ्चालित महिला जागृति तथा आयआर्जन कार्यक्रमअन्तर्गत मुलुकभर ६३६ सामाजिक परिचालिका कार्यरत रहेका छन्। रासस

प्रकाशित: ४ असार २०७६ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App