४ वैशाख २०८१ मंगलबार
राजनीति

गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्छः देउवा

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुठी विधेयक संसदबाटै फिर्ता हुनुपर्ने बताएका छन्। आज संसद बैठकमा उनले संसदमा दर्ता भएको विधेयक संसदबाटै फिर्ता गर्नुपर्नेमा बाहिरबाटै फिर्ता गरिएकाले मान्यताविपरीत भएको बताए। 

यस्तै आफूले हिजो (मंगलबार) संसदमा बोल्न नपाएको भन्दै आक्रोश व्यक्त गरेका छन्। आज संसद बैठकमा उनले प्रतिपक्षले बोलिसकेपछि मात्रै प्रधानमन्त्रीले बोल्नुपर्ने धारणा राखे। 

‘मैले बोलेपछि बोले भइहाल्थ्यो,’ उनले भने, ‘प्रतिपक्षले उठाएका सवालका जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।’ यसै गरी उनले प्रधानमन्त्रीको विदेश भ्रमण असफल भएको बताएका छन्। प्रधानमन्त्री केपि ओलीको भ्रमणहरू उपलब्धिहीन भएको आरोपसमेत लगाए। 

संसदमा उनले मिडिया काउन्सिल विधेयक मिडियालाई तर्साउने धम्काउने खालको भएको बताए। ‘यो प्रजातन्त्रमाथिको आक्रमण हो,’ उनले भने, ‘यो विधेयक कुनै पनि हालतमा पास गर्न दिँदैनौं, संसद अवरुद्ध गर्छौं।’

 

प्रकाशित: ४ असार २०७६ ०६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App