coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विधेयक फिर्ता गर्न माग गर्दै महासंघको हस्ताक्षर संकलन

काठमाडौं – नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै देशव्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ। महासंघले तेस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबारदेखि प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको हो।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन माग राख्दै महासंघले वैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणका आन्दोलन घोषणा गरेको थियो। महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई सरकारले उपेक्षा गर्दै मागप्रति गम्भीर नभएपछि महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

महासंघले देशभर रहेका जिल्ला शाखा, प्रष्ठिान शाखा र एसोसिएट संस्थासहित महासंघ केन्द्रीय कार्यालयमा मंगलबारदेखि बिहीबारसम्म हस्ताक्षर संकलन गर्ने जनाएको छ। संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने महासंघले जनाएको छ।

महासंघले प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरसँग आह्वान गरेको छ।

प्रकाशित: ४ असार २०७६ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App