७ वैशाख २०८१ शुक्रबार
राजनीति

गुठी विधेयकबारे भ्रमपूर्ण प्रचार गरियो : प्रधानमन्त्री

पत्रकार सम्मेलनमा प्रधानमन्त्री। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र पहिला बोल्न पाउनु पर्छ भन्ने कुरा लोकतन्त्रमा कहीँ पनि नहुने प्रधानमन्त्री केपी ओलीले बताएका छन्।

सिंहदरवारमा पत्रकार सम्मलेन गर्दै उनले शेरबहादुर देउवा जीले आफैँ नेतृत्व गरेर प्रधानमन्त्रीले होइन मैले बोल्न पाउन पर्छ भनेर अवरोधमा उत्रनु दुखद भएको उनले बताए।

अहिले लोकतन्त्रकाविरुद्ध घोर दक्षिणदेखि घोर वामसम्म एक जुट भएको उनले बताए। 'आफु भए ठिक छ आफु नभए छैन भन्ने कुराले लोकतन्त्र चल्न सक्दैन', प्रधानमन्त्रीले भने, ' लोकतन्त्रको आवरण भित्र रहेर लोकतन्त्रप्रति षडयन्त्र भइरहेको छ।'

'म बाहिर गएको समयमा देशभित्र केही तनाब बनाउने काम भएछ', 'गुठी संस्थानले राम्रोसँग काम गर्न सकेन भन्ने गुठीयारबाटै आयो। यसलाई प्राधिकरणको रुपमा लैजाउँ भन्ने लाग्यो। तर यसको प्रचार उल्टो प्रचार भयो। हामीले हाम्रा सम्पदा संस्कृतिको संरक्षण गर्नको लागि यो काम गरेका हौं। गुठी हाम्रा परम्परासँग जोडिएका छन्।'

प्राधिकरणले गुठी संचालन गर्ने गरी विधेयक ल्याएको भन्दै भ्रमपूर्णरुपमा प्रचार गरेको उनले बताए। काठमाडौंमा जसरी नीजि गुठी सञ्चालनमा आएका छन् ति त्यसै गरीनै चल्नु पर्छ भन्ने सरकारको मान्यता रहेको बताए। वाहिर गुठीका नाममा जनता प्रताडित भएको पनि उनले बताए।

विधेयकमा छलफल गर्न संसद हुँदा हुँदै विधेयक ल्याएपछि माइतीघर पुगिहाल्न नपर्ने ओलीले बताए। असन्तुष्टिको विषयमा छलफल गर्न सकिने उनले बताए। 'देशलाई फाइदा हुने, लोकतन्त्रलाई फाइदा हुने विषयमा छलफल गरौं समस्या सुन्नका लागि सरकार तयार छ', उनले भने।

पटक पटक लडेर लोकतन्त्र ल्याए पनि भड्काउँदै विद्रोही बनाउन खोजिएको उनको आरोप छ। 'राजनीतिक शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु। पटक पटक जनताका अधिकार दरवारमा बुझाइए। आवेग उत्तेजनामा नआउँ', उनले भने।

संचार लोकतन्त्रको एउटा पिलर भएकोले  राज्यको चौथो अंग  भनिएको भन्दै उनले यो क्षेत्र मर्यादित हुन पर्ने बताए। फेसवुकको संचालकले मैले गल्ती गरेँ कि भनेर यसै भनेको होइन भन्दै उनले सामाजिक संजाल सिष्ट हुन पर्ने बताए।  

'हाम्रो टेलिभिजनले कसैलाई पनि तपाई भन्न जान्दैन। तपाई भन्ने भाषानै हराइ सक्यो। हाम्रो संस्कृतिमा बाउ आमालाई तपाई भनिन्छ। बाउ लाई पनि तिमी आमालाई पनि हजुरबा र हजुरआमालाई पनि तिमी। हाम्रो भाषामा यस्तो पनि हुन्छ?' उनले प्रश्न गरे।

प्रकाशित: ३ असार २०७६ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App