७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको नाराबाजीका कारण संसद बैठक स्थगित

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्न रोस्टममा उभिएका बेला कांग्रेसले पहिले बोल्न पाउनु पर्ने भन्दै संसदमा नाराबाजी गरेर रोस्टम घेराउ गरेपछि बैठक स्थपगत भएको हो। ।

कांग्रेस सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए। प्रधानमन्त्रीभन्दा पहिला संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न दिनुपर्ने माग गर्दै कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्। बैठक बुधबार(भोलि) बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

प्रकाशित: ३ असार २०७६ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App