८ वैशाख २०८१ शनिबार
राजनीति

गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने तयारी

फाइल फाेटाे

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित गुठी विधेयकबारे मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका छन्।

प्रधानमन्त्री ओलीले पार्टीका काठमाडौं उपत्यकाका प्रतिनिधिसभा र प्रदेश सभाका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुसँग सोमबार परामर्श गरी सो सम्बन्धमा मन्त्रीपरिषद बैठकबाट आवश्यक निर्णय लिने बताएका हुन। प्रधानमन्त्री ओलीले सो विधेयकको सम्बन्धमा आवश्यक निर्णय लिन मन्त्रीपरिषद बैठक बोलाउने जानकारी दिएको नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले बताए।

परामर्शका क्रममा सांसदहरुले जनमत थेग्न नसक्ने उल्लेख गर्दै सो विधेयक फिर्ता लिन पनि प्रधानमन्त्री ओलीलाई दवाव दिएका थिए। नेकपाका सांसद रामवीर मानन्धरले जनमत थेग्न सक्ने अवस्था नरहेकाले सो विधेयक फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए।

भक्तपुरका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सो विधेयकलाई सरोकारवालाहरुसँग थप छलफल गरी समृद्ध बनाउने विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिए। उनले भोलीसम्ममा प्रधानमन्त्री ओलीले सो विषयमा आवश्यक निर्णय लिने जानकारी दिएको बताए।

प्रधानमन्त्री ओलीले युरोप भ्रमणबाट फर्के लगत्तै सो विधेयकमा कमी कमजोरी भए सच्याउने प्रतिवद्धता जनाएका थिए।

प्रकाशित: २ असार २०७६ १४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App