७ वैशाख २०८१ शुक्रबार
राजनीति

पुरानो सहमति सम्झाउँदै एकनाथ ढकालले मागे सांसद सदस्य

काठमाडौं- नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संसदमा आफ्नो पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन अघिको ३ बुँदे सहमति कार्यान्वयन गर्न उनले ध्यानाकर्षण समेत गराएका छन्।

उनले ओलीलाई भेटेर नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरण अभियानको बारेमा जानकारी तथा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भयको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गराएका ढकालका नीजि सचिब जितेन्द्र श्रेष्ठले बताए।

परिवार दलले उक्त बिषयमा नेकपा का अर्का अध्यक्ष पुष्प कमल दाहाललाई पनि ध्यानाकर्षण गराउने बताएको छ। गत निर्बाचनको बेलामा परिवार दलले तीन बुदे सहमति गरि वाम गठबन्धनलाइ सघाएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख भएको दावी छ।

प्रकाशित: २ असार २०७६ ०७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App