८ वैशाख २०८१ शनिबार
राजनीति

'फरक मत राख्ने साथीहरु होसियार, यहाँ अब कोही पनि सुरक्षित छैन'

काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन आव्हान गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोलदै उनले अभिव्यक्ति स्वतन्त्रता कुनै व्यक्ति विशेष र दल विशेषका लागि मात्रै नभएकाले आन्दोलनको प्राप्तीलाई गुम्न नदिने जिम्मेवारी वहन गर्न आग्रह गरेका हुन्। चलचित्र समालोचक प्रनेश गौतम, धर्म संस्कृतिको संरक्षणको माग गर्ने गुठीयारहरुलाई गरेको जस्तै व्यवहार सरकारले जो कसैलाई पनि गर्न सक्ने भन्दै उनले सबैलाई सचेत हुनुपर्ने अवस्था अाएकाे बताए। सरकारले आफुलाई मन नपरेकाको मुख थुन्दै गएको भन्दै उनले सरकारमै रहेर विधेयकको विरोध गर्नेहरु पनि सरकारको गलत दृष्टिबाट बच्न नसक्ने दाबी गरे।

उनले भने 'म त भन्छु, प्रधानमान्त्रीकै पार्टी भित्र रहेर फरक मत राख्ने  साथीहरु पनि होसियार। किनकि यहाँ अब कोही पनि सुरक्षित छैन। यो कानुन पारित भईसकेपछि यो कानुनको कसरी प्रयोग हुनसक्छ, हामी अहिले अनुमान लगाउन सक्छौ। यहाँ केबल सरकारका अरिंङगालहरु मात्र सुरक्षित रहन सक्छन्।'

थापाले भने 'पहिले उनीहरु समाजवादीलाई लिन आए। म बोलिनँ। किन कि म समाजवादी थिइन। उनीहरु ट्रेड युनियनकर्मीलाई लिन आए, म बोलिनँ। किन कि म ट्रेड युनियनकर्मी थिइनँ। उनीहरु जुजलाई लिन आए। म बोलिनँ किन कि म जुज थिइनँ। जब उनीहरु अन्तिममा मलाई लिन आए, मेरा लागि बोल्न बाँकी कोही थिएन। सम्माननिय सभामुख महोदय, यस्तै अवस्था आउदै छ। उठौ ,बोलौ , जागौ, सरकारको यो कानुनका विरुद्ध अहिले हो बोल्ने बेला। यो कानुन यो संसदबाट पारित हुनु भनेको संविधानको खिलाप मात्रै होइन। हाम्रो आन्दोलनको , अभिव्यक्ति स्वतन्त्रताको खिलापमा हो। त्यसैले म यो कानुनको विरुद्ध जनमत श्रृजना गर्न पनि म सबैलाई अनुरोध गर्दछु।'

स्वतन्त्रताको अर्थ स्वच्छन्दता होइन भन्दै अघि बढेको हस्तक्षेपकारी सरकारको प्रवृति नै डरलाग्दो भएको टिप्पणी उनले गरे। एक पछि अर्को गर्दै सरकारले ल्याएका पछिल्ला विधेयकबाट सरकारले आफुलाई सर्वशक्तिमान ठानेको स्पष्ट भएको थापाले दाबी गरे। उनले सनातनदेखि चलिआएको संस्कृतिको दायित्व बोकेको राज्यले गुठीलाई मासेर नेपालको सांस्कृतिक पहिचान सम्पदा मास्ने षडयन्त्रको विरुद्धमा बोल्ने मुख थुन्न लाठी र पानीको फोहोरा फ्याक्ने, गीत गाउने गायक, चलचित्रको समिक्षा गर्ने समिक्षक र संस्कृति बचाउको माग गर्ने विरुद्धको सरकारको हस्तक्षेप डरलाग्दो भएको बताउनुभयो।

अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोज्ने सरकारका प्रधानमन्त्रीले अभिव्यक्ति स्वतन्त्रताको महत्वका बारेमा अन्तराष्ट्रिय जगतमा भाषण गरेको भन्दै उनले व्यंग्य गरे।

प्रकाशित: १ असार २०७६ ०८:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App