coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गुठी विधेयकका बारेमा गलत प्रचार भयाेः शान्ता चाैधरी

काठमाडाैं– नेकपाका सांसद सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छन।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक संविधान विपरित नभएको दाबी गरिन्। दाङको स्वर्गद्धारी गुठीको १२ सय विघाहा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा पनि आवाज उठाउनुपर्ने बताइन्। उनले भनिन् “गणतन्त्र किन चाहियो गरिबका लागि बोल्न हुदैन भने?धर्म हाम्रो आस्था हो संस्कृति हो। पहिचान हो। तर मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र? मैले त यही प्रश्नको जवाफ खोजिरहेछु।”

प्रकाशित: १ असार २०७६ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App