coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गुठी विधेयकमा सभामुखलाई निर्णायक भूमिका खेल्न आग्रह

काठमाडौं- सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा बोल्दै सांसद खतिवडाले गुठी विधेयकलाई लिएर गुठीयार र सरकारबीचको दुरी फराकिलो बन्दै गएकाले वार्ताका लागि निर्णायक भूमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन्। उनले नेपालको हरेक राजनीतिक परिर्वतनमा उपत्यकाले निर्णायक रोल खेलेको भन्दै सरकार र आन्दोलकारीलाई एकै ठाउँमा बोलाएर वार्ता गर्ने वातावरण बनाउनका लागि हस्तक्षेपकारी भूमिका खेल्न सभामुखको ध्यानाकर्षण गराए।

उनले भने “अहिले सरकार र गुठीयारको बीचमा ३६ को आँकडा छ। त्यसका बाबजुत पनि हाम्रो कुरा बुझिएन भनेर दुईटैले गाना चाही एउटै गाईरहेका छन्। बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ। गुठीयारहरु यही गाना गाईरहेका छन्।  बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि, मसाल त समात्नै पर्यो जुलुशमा हिड्नै पर्यो भनेर।”

शुन्य समयमा बोल्ने अधिकांश सांसदले गुठी विधेयक र लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद सत्यनारायण शर्मा खनालले भु माफिया र नेपाली संस्कृति विरोधीको वहकाउमा उचालिएर सरकारले गुठी विधेयक ल्याएको भन्दै जनविरोधी विधेयक फिर्ता लिन सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १ असार २०७६ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App