coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'धर्म संस्कृतिमा प्रतिकूल असर परेकाे खण्डमा सच्याइन्छ'

काठमाडाैँ - साताव्यापी युरोप भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म संस्कृतिमा असर परेको  छ भने सरकारले सच्याउने बताएका छन्। विमानस्थलमा सञ्चारकर्मीसँग कुरो गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने,‘धर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर विधेयकमा परेको रहेछ भने सरकारले सच्याउँछ।’

गत जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट काठमाडौं एयरपोर्टमा आइपुगेका हुन्। युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको प्रधानमन्त्री ओली भ्रमण गरेका हुन्। स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ।

प्रकाशित: १ असार २०७६ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App