१५ चैत्र २०८० बिहीबार
राजनीति

साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता

तस्बीर : दिपेश श्रेष्ठ

काठमाडौं - साताव्यापी युरोप भ्रमण पूरा गरी  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार विहान स्वदेश आइपुगेका छन् । गत जेठ २५ गते त्यसतर्फ लागेका ओली कतार एयरवेजको विमानबाट काठमाडौं एयरपोर्टमा आइपुगेका हुन्। युरोपका स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको प्रधानमन्त्री ओली भ्रमण गरेका हुन्। स्विटजरल्यान्डमा दुई दिन बिताएका ओली त्यतैबाट बेलायत गएका थिए ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जेनेभामा आफ्नो शतवार्षिकीका अवसरमा आयोजना गरेको विशेष समारोहमा ओली सहभागी भएका थिए । बेलायतमा ओलीले अक्सफोर्ड विश्वविद्यालयद्वारा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए ।राजनीतिक स्थिरता हासिल गरेसँगै अब आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको सरकारी पक्षको दाबी छ।

 

प्रकाशित: १ असार २०७६ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App