coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘जनता मालिक हो, चाकडी गर्नुपर्छ’

नुवाकोट – कांग्रेस सभापति शेरबहादुर देउवाले जनता नै देशको सार्भभौमसत्ता सम्पन्न मालिक भएकाले मन जित्नतर्फ लाग्नुपर्ने बताएका छन्। लिखु गाउँपालिका–४ मा कांग्रेस क्षेत्र नम्बर १ र २ को संयुक्त आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा उनले जनता रिझाउन नसक्दा तीनै तहको निर्वाचनमा हार व्यहोर्नु परेको बताए।

‘जनता मालिक हो, चाकडी गर्नुपर्छ। चुनाव लड्दा जनतालाई सम्झाई–बुझाई गरेर आफ्नो पक्षमा ल्याउनुपर्छ। जनतालाई धम्क्याएर, नोेकरको जस्तो व्यवहार गरेर चुनाव जितिँदैन,’ नुवाकोटको केसी दाजुभाइलाई इंकित गर्दै देउवाले भने, ‘बारम्बार एकै परिवारका व्यक्ति चुनावमा उठिरहनु हुँदैन। अरुलाई पनि अवसर दिनुपर्छ।’

वर्तमान सरकारले सबै क्षेत्रमा हस्तक्षेप गरेको भन्दै उनले प्रजातन्त्रले अन्याय भयो भनेर लेख्न र बोल्न दिने भए पनि सरकारले शरीरमा चोट लागे पनि ऐयासम्म भन्न नदिन कदम चालिरहेको बताए। ‘पहिले नै कम्युनिस्ट सरकार आएपछि बोल्न लेख्न पाइँदैन भनेको थिए अहिले त्यही भएको छ। मन नपरेको चिजलाई मूर्दावाद भन्न पाउनुपर्छ भनेर क्रान्ति गरी प्रजातन्त्र ल्याएका हौँ,’ उनले भने, ‘आफ्नो पक्ष पोस्न सरकार व्यस्त छ।’

कार्यक्रममा उपसभापति विजयकुमार गच्छादार, सहमहामन्त्री डा. प्रकाशरण महत, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, गुरुराज घिमिरे, बहादुरसिंह लामा तामाङ, जिल्ला सभापति जगदीश्वरनरसिंह केसीलगायतले एक महिना चलेको जागरण अभियानले जनतामा कांग्रेसको भविष्य उज्ज्वल रहेको सन्देश गउँगाउँमा पुगेको बताए।

प्रकाशित: १ असार २०७६ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App