coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कांग्रेसभित्र डाइनामिक नेताको खोजी भैरहेको छ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत रुपमा चलाउनु नै मुख्य चुनौती रहेको बताएका छन्। कांग्रेस पर्सा जिल्ला कार्यसमितिले बिहीबार वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै सिंहले देशभर कांग्रेसप्रति जनचासो बढिरहेको तर आकर्षक कार्यक्रम दिन नसकेकाले अलमलको स्थितिमा कांग्रेस रहेको बताए।  

सरकार एकपछि अर्को गरी विवादस्पद मुद्दामा फसिरहेको बताउँदै उनले जनभावनाको ख्यालै नगरी मनोमानी ढंगले प्रस्तुत हुनु दुःखद रहेको धारणा राखे। यसको उदाहरण गुठी विधेयक नै भएको उनको भनाई छ। राजधानीवासी आन्दोलित भैरहेको भन्दै विधेयक फिर्ता नलिए देशव्यापी आन्दोलन सुरु हुने चेतावनीसमेत दिए। मुलुको संस्कृति र ऐतिहासिक धर्म संस्कारको नस्ट गर्ने गलत मनसायका साथ यो विधेयक आएको भन्दै कम्युनिस्ट शासन सुरुवातको प्रयास भैरहेकाले सजक रहन अपिल गरे।

कांग्रेसभित्र डाइनामिक नेताको खोजी भैरहेको भन्दै गतिशील मजबुत कांग्रेसको अपेक्षा मुलुकले गरिरहेको उनको भनाई छ। सिंहले आफूहरु व्यक्ति भन्दा पनि संशक्त बलियो कांग्रेस पार्टी निर्माणमा लागिपरेको बताउँदै यतिबेला नेताहरुले मुलुक र जनताको हितलाई ध्यानमा राखेर गम्भीरताका साथ लाग्नुपर्ने अवस्था रहेको बताए। भ्रातृ संगठनसमेत लथालिङ्ग अवस्थामा रहेकाले तदर्थवाद बाट पार्टी संचालन गरिरहँदा कार्यकर्तामा निराशा छाएको भन्दै उनले कमजोर पार्टी संगठनले मैदानको लडाइँ जित्न नसक्ने बिचार ब्यक्त गरे।

प्रकाशित: ३० जेष्ठ २०७६ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App