८ वैशाख २०८१ शनिबार
राजनीति

देउवामाथि दबाब बढाउँदै असन्तुष्ट

काठमाडौं – नेपाली कांग्रेसका असन्तुष्ट पक्षीय नेताहरूले पार्टीको भ्रातृ संगठनसहित अन्य निकाय गठनका विषयमा सभापति शेरबहादुर देउवालाई दबाब दिने निष्कर्ष निकालेका छन्। महामनत्री शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार बसेको असन्तुष्ट पक्षीय नेताहरूको बैठकले नेपाल विद्यार्थी संघसहितका भ्रातृ संठनलाई पूर्णता दिने विषयमा सभापति देउवासँग तत्काल छलफल गर्ने निर्णय गरेको हो।

सभापति देउवासँग बिहीबार बिहान छलफल गर्ने तयार असन्तुष्ट पक्षको भएपनि समय तय गर्ने जिम्मेवारी भने महामन्त्री शशांकलाई दिइएको छ। लामो समयदेखि नेतृत्वबिहीन बनेको नेविसंघको केन्द्रीय समिति तत्काल गठन गरेर सबै भ्रातृ संगठनलाई महाधिवेशनमा लैजानुपर्ने असन्तुष्टपक्षीय नेताको निष्कर्ष निकालेका छन्। नेविसंघसहित आधार दर्जन बढी भ्रातृ संगठनले कार्यकाल गुजारे पनि महाधिवेशन हुनसकेको छैन।

त्यस्तै, असन्तुष्ट पक्षले गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट वितरण गरेको पदकका विषयमा पार्टीको स्पष्ट धारणा बाहिर ल्याउनुपर्ने निष्कर्षसहित त्यस विषयमा पनि सभापतिसँग छलफल गर्ने योजना बनाएको छ। पार्टीले सञ्चालन गरेको पहिलो चरणको एक महिने राष्ट्रिय जागरण अभियानका विषयमा पनि सभापति देउवासहित संस्थापन पक्षसँग छलफल गर्ने उनीहरूको तयारी छ।

अभियानका क्रममा संस्थापन पक्षले पक्षपात गरेको निष्कर्ष निकाल्दै उनीहरूले दोस्रो र तेस्रो चरणको अभियानलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल गर्ने बैठकमा सहभागी एक नेताले जानकारी दिए। कांग्रेसले वैशाख २५ गते देखि एक महिने अभियान सञ्चालन गरेको थियो भने भदौ २४ गतेबाट दोस्रो चरणको अभियान सुरु गर्ने उसको तयारी छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App