१७ चैत्र २०८० शनिबार
राजनीति

सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा छौंः मन्त्री अर्याल

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत कृषिमा आत्मनिर्भर हुन सकिने बताएकी छन्। 

ललितपुर जिल्ला बचत तथा ऋण संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले उत्पादन बढाएर कृषिको व्यापारघाटा कम गर्नुपर्ने बताइन्। ‘अब सहकारी साना साना उद्योगदेखि ठूला प्रोजेक्टसम्म लगानी गर्नै पर्छ’ उनले भनिन्। उत्पादनमा जान सहकारी ऐन र नियमावलीमा समस्या भए संशोधन गर्न तयार रहेको उनको भनाइ छ। 

गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने भन्दै सहकारीमार्फत नै गरिबी निवारण सम्भव भएको उनको भनाइ छ। बचत तथा ऋण सहकारीको संख्या धेरै भएको भन्दै मन्त्री अर्यालले मर्ज अभियान चलाउने बताइन्। जीवन बदल्ने माध्यम सहकारी नै भएकाले नियमनमार्फत सहकारीलाई सदस्यमैत्री बनाउन दवाव सिर्जना गरिने उनको भनाइ छ। भूमिको अधिकतम उपयोगबाट नै उत्पादन बढाउन सकिने उनले बताइन्। ‘कृषि क्रान्ति आवश्यक छ’ उनले भनिन्। 

मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताइन्।  भूमिको उत्पादकत्व बृद्धी,उन्नत र आधुनिक कृषि उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिबीको जिवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको उनको भनाइ छ। 

‘भुमि सुधार भनेको गरिवलाई जग्गा बाँड्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने हो’, उनले भनिन्। सहकारीमा सिधै जनताको पहुँच स्थापित भएको भन्दै उनले नेपालका सहकारी संस्थाहरुमा आवद्ध सदस्य संख्याको ६० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता रहेको बताइन्। 

सांसद नवराज सिलवालले सहकारीमार्फत उद्यमशीलता बढाउँदै गरिबी निवारण गर्न सम्भव भएको बताए। 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको जागरण अभियान सकिएको र अब उद्यमशीलतामा जोड दिनुपर्ने बताए। 

ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईले रजयत जयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिने बताए। 

प्रकाशित: २९ जेष्ठ २०७६ १५:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App