१५ चैत्र २०८० बिहीबार
राजनीति

गुटको घेराबन्दीमा माधव नेपाल, गाडीमा चढाउन तानातान

कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल । तस्बिरः टंक/नागरिक

सर्लाही– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सवारी साधनमा राख्न सर्लाही नेकपा कार्यकर्ताबीच तानातान भएको छ। बिहान सिमरा एयरपोर्टमा उत्रिएका नेता नेपाललाई स्वागत गर्न सर्लाहीबाट जिल्ला अध्यक्ष रेवती पन्त नेतृत्वको समूह तथा प्रदेश सांसद् बेची लुंगेली एवं सुरेन्द्र लामा नेतृत्वको अर्को समूह पुगेको थियो।

नेता नेपाल विमानस्थलबाट बाहिरिने बित्तिकै जिल्ला अध्यक्ष पन्तले स्वागत गर्दै आफुले व्यवस्था गरेको गाडीमा चढ्न आग्रह गरेपछि नेपाल निकट मानिएका सुरेन्द्र लामा र प्रदेश सांसद बेची लुंगेलीले अर्को तिर तानेका थिए। दुई पक्षबीचको तानातानले नेता नेपाल केहिबेर अलमलमा परेको कार्यकर्ताले बताए।

लगत्तै नेता नेपालले विमानस्थलभित्रको एउटा कोठामा दुवै समूहलाई बोलाएर सम्झाएका थिए। हरिपुर नगरपालिकाको कार्यक्रममा आएको हुनाले आज हरिपुर नगरपालिकाले व्यवस्था गरेको जीपमा चढ्ने र बुधबार जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न सदरमुकाम मलंगवा जाँदा जिल्ला अध्यक्ष पन्तको जीपमा चढ्ने नेपालले बताएपछि सहमति भएको थियो।

नेपाल निकट मानिने लामाले नेता नेपाललाई चढाउन हरिपुर नगरपालिकाको जीप लगेका थिए भने जिल्ला अध्यक्ष पन्तले बरहथवा नगरपालिकाको जीप लगेका थिए। पार्टीले पन्तलाई जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेलाई सचिवमा मनोनित गरेपछि प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेती, प्रदेश सांसद् बेची लुंगेली, नेता सुरेन्द्र लामालगायतको समूहले पन्तविरुद्ध पत्रकार सम्मेलन नै गरेको थियो। सचिवमा मनोनित केन्द्रीय सदस्य वाग्लेले राजीनामा दिइसकेका छन्।

मधेशमा दाईजो प्रथा मुर्दावाद भन्ने युवा चाहियोः नेता नेपाल
नेता नेपालले तराईमा दाईजो विरोधी बहादुर युवाको आवश्यकता रहेको बताएका छन्। मंगलबार हरिपुर नगरपालिकाले लक्ष्मीपुरमा आयोजना गरेको ईद मिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले तराइर्, मधेशमा व्याप्त दाईजो प्रथा हटाउनका लागि बहादुर युवा आवश्यकता रहेको बताएका हुन्।

‘तराईमा व्याप्त दाईजो प्रथालाई निरुत्साहित गर्न यहाँका युवाहरुले बहादुर बनेर अगाडी आउनु आवश्यक छ’, नेपालले भने, ‘दाईजोको निहुँमा विभिन्न अपराधिक, हिंसात्मकलगायत घटनाहरु भइरहेको र दाईजो प्रथाले विकृत्ति विसंगति बढाईरहेको छ।’ दाईजो प्रथा मुर्दावाद भन्न सक्ने र आप्mनो विवाहमा दाईजो नलिने आँटसहित युवाहरु अगाडी आउन सके त्यस्ता विकृत्ति विसंगतिहरु क्रमशः निरुत्साहित हुँदै अन्त्य हुने उनको धारणा थियो। तराई मधेशलाई दाईजो प्रथाले गाँजेको र युवा वर्गले विकृतियुक्त प्रथाविरुद्ध आवाज उठाउनु पर्ने नेपाले जोड दिए।

मधेशी, मुस्लिमलगायत पछि परेको समुदायलाई शिक्षामा जोड दिन आग्रह गर्दै नेता नेपालले आप्mना बालबच्चालाई नियमित विद्यालय पढन पठाउने बानीको विकास गर्नसमेत अनुरोध गरे। ‘शिक्षाले नै व्यक्ति र समुदायको विकासमा महत्वपूर्ण भूमिका खेल्छ’, नेपालले भने, ‘त्यसैले आप्mना बालबच्चालाई नियमित विद्यालय पढन पठाउने गरौं।’ छोराछोरीलाई सानैमा विवाह गर्न हतार गर्दा शैक्षिक स्तर उठन नसकेको नेता नेपालले बताए।

हरिपुर नगरपालिकाका प्रमुख जमरुद्धिन मन्सुरको अध्यक्षता रहेको कार्यक्रममा स्थानीय मुस्लिम समुदायका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित: २८ जेष्ठ २०७६ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App