coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हिन्दू धर्मको रक्षा गुठी पजनीबाट गरिनु हुँदैनः गंगा चौधरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य गंगा चौधरी सत्गौवाले गुठी सम्बन्धी विधेयक अगाडि बढाउन माग गरेकी छिन्।

सदनमा आउनुभन्दा पहिले नै विधेयकको भ्रुण हत्या गर्न खोजिएको भन्दै हजारौं भुमिहिन जोताहा किसानहरुको छोराछोरीको भविष्य गाँसिएको विधेयकलाई अघि बढाउन माग गरिन्। किसानहरुको प्रतिरक्षार्थ दुईतिहाइको सरकार झुक्न नहुने र विधेयक अहिलेकै अवस्था अघि बढाउनुपर्ने उनको माग छ। 

संसदमा प्रतिपक्षी नेपाली कांग्रेस सहित सत्तारुढ सांसदबाटै विधेयकको विरोध भइरहेका बेला चौधरीले विधेयकले वर्षाैदेखिको सामन्तवाद अन्त्य गर्ने दाबी गरिन्। ‘मुठ्ठीभरको मान्छेको अधिनबाट गुठीको जमिन लिएर जोताहा किसानको नाममा गर्नुपर्दछ। किसानहरुको प्रतिरक्षार्थ दुईतिहाइको सरकार झुक्नुहुँदैन’, उनले भनिन्। 

प्रतिपक्षीले विधेयकको विरोध गरेकोमा पनि उनले आपत्ति जनाइन्। ‘गुठीको जमिनसँग हजारौं भुमिहिन जोताहा किसानहरुको छोराछोरीको भविष्य गाँसिएको छ। त्यो चकनाचुर पार्न खोजिँदैन। फेरि पनि प्रतिपक्षीले गरिब किसानमाथि खेलबाँड गर्न खोज्दैछ’, उनले भनिन्।

उनले गुठीबाट हिन्दू धर्मको रक्षा गर्नु कानुन विपरित भएको बताइन्। ‘नेपालको संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरिसकेको हुनाले हिन्दू धर्मको रक्षा गुठी पजनीबाट गरिनु हुँदैन’, उनले भनिन्।

चौधरीले लोकसेवा आयोगको विज्ञापन संविधान विपरित रहेको भन्दै खारेज गर्न माग गरिन्।

प्रकाशित: २८ जेष्ठ २०७६ ०६:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App