१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रधानमन्त्री ओलीद्वारा अक्सफोर्ड विश्वविद्यालयमा सम्बाेधन

लण्डन- युरोप भ्रमणका क्रममा आफ्नो पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री केपी शर्मा ओली बेलायत आइपुगेका छन्। प्रधानमन्त्री ओली जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गरेर सोमबार साँझ लण्डन आइपुगेका हुन्। 

यहाँ आइपुगेसँगै प्रधानमन्त्री ओलीले साँझ अक्सफोर्ड युनियनको आयोजनमा अक्सफोर्ड विश्वविद्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपालको प्रजातन्त्र र विकासबारे विचार व्यक्त गरेका छन्। 

भ्रमण टोलीमा  परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई,  परराष्ट्रसचिव शंकरदास वैरागी सामेल छन् ।

यस्तै लण्डनस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री ओलीले बेलायती प्रधानमन्त्री थेरेसा मेसंग मंगलवार दिउँसो भेटवार्ता गर्ने कार्यक्रम छ भने राजकुमार ह्यारीसंग भेट गर्ने छन्।

भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषय लगायत द्वीपक्षीय सहयोगको बारेमा छलफल हुने बताइएको छ। 

बुधवार प्रधानमन्त्री ओली फ्रान्स जानेछन्। उनले फ्रान्सको दुई दिने ‌औपचारिक भ्रमण गर्नेछन्। नेपाल-फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्।

यसअघि तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सन् २००२ मा बेलायती प्रधानमन्त्रीको औपाचारिक निमन्त्रणामा बेलायतको भ्रमण गरेका थिए। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App