१६ चैत्र २०८० शुक्रबार
राजनीति

करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो सह्य हुँदैनः पुर्वउपाध्यक्ष शाह

काठमाडौं - नेपाल विद्यार्थी संघका पुर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले अहिलेको विज्ञापन रद्द गरेर करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो सह्य नहुने बताएका छन्। सोमबार राजधानीको माइतीघर मन्डलामा लोकसेवा आयोगले खोलेको बिज्ञापन विरुद्धको विरोध कार्यक्रममा बोल्दै पूर्व उपाध्यक्ष शाहले तत्काल समावेशी बिज्ञापन निकाल्न आयोगलाई आग्रह गरे।

नेपालमा समावेशीकरणको जन्मदाता नेपाली कांग्रेस भएको दाबी गर्दै त्यसलाई सिध्याउन खोज्ने विरुद्ध नेपाली कांग्रेसले संघर्ष गर्ने समेत उनले चेतावनी दिए।

लोक सेवा आयोगले स्थानीय तहका लागि खालेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।

 

 

प्रकाशित: २८ जेष्ठ २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App