७ वैशाख २०८१ शुक्रबार
राजनीति

रेल होइन कालोपत्रे गरेर केपी ओली मार्ग राखे पनि आपत्ति छैनः प्रवक्ता शर्मा

गोरखा– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले बिना योजना रेल ल्याउने झुटो सपना जनतालाई बाँडेको बताएका छन्। बिना योजना, बिस्तृत अध्ययन नै नभई, लगानी सुनिचित नहुँदै सरकारले रेलको सपना सँगै ऋण थोपर्न खोजेको बताएका हुन्। 

कांग्रेस गोरखा नगरपालिकाको आयोजना भएको नगर सम्मेनलाई सम्बोधन गर्दै उनले भने, ‘ग्राबेल भएका सडकलाई कालोपत्रे गरेर सबै सडकको नाम केपी ओली मार्ग राखे पनि आपत्ति छैन, तर एकादशीमा रेल आउँछ टिकट काटेर बस्नु भनेर हँसाएर मात्रै हुँदैन।’

जनताको अहिलेको आवश्यकता रोटी, सुरक्षा र बिकास भएको भन्दै उनले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील विधेयकको पनि बिरोध गरे। ‘सरकारले पत्रकारको शिरमा तरवार झुण्डाउने गरी विधेयक ल्याएको छ, पत्रकारितामा तातोपानी खन्याएर हुँदैन’, उनले सरकारलाई सचेत रहन आग्रह गर्दै भने। सरकारले कांग्रेसलाई मुछेर वाईडबडी बिमान खरिदमा भ्रष्टाचारलाई ढाकछोप गर्न खाजेको बताउँदै उनले बिस्तृत छानबिन गर्न सरकारसँग माग गरे।

निजी सम्पत्ति हुनु हुँदैन भन्ने कम्युनिस्ट नेता नै अहिले बालुवाटारमा एक टुक्रा जग्गाको खोजीमा रहेको भन्दै उनले दर्शन एउटा लिने र काम अर्को गर्ने परिपाटी सरकारको रहेको बताए।

प्रधानमन्त्री केपी ओलीले बुढीगण्डकी आयोजना बनाउने जिम्मा दाइजो दिए जसरी चाइनाको गेजुवा कम्पनीलाई दिएको प्रति बिरोध जनाउँदै उनले जनताबाट लिएको कर मार्फत सरकार आफैँले बनाउनुपर्ने बताए। सरकार अहिले सही बाटो नहिँडेको दावी गर्दे उनले भने ‘बिप्लवको रगत चढाएर गणतन्त्र बलियो हुँदैन, प्रधानमन्त्रीजीले किन विप्लवलाई ल्याउन सक्नुहुन्न?’ नेत्रविक्रम चन्दले हिँडेको हिंसाको बाटोबाट पनि नेपाली जनताले मुक्ति चाहेको बताउँदै उनले हत्या हिंसाको बाटो त्यागेर संसदीय ब्यवस्थालाई अनुशरण गर्न अनुरोध गरे।

गएको निर्वाचनमा कांग्रेस हारेको भए पनि नमरेको बताउँदै उनले आउँदो तीनवटा निर्वाचन लगातार जित्ने गरी देशब्यापी रुपमा कांग्रेस जागरण अभियानमा सहभागी भएको बताए। दश वर्षे द्वन्द्वमा देशले धेरै चोट ब्यहोरेका कारण अराजकता हुन नदिन सरकारलाई आग्रह गरे। 

प्रकाशित: २६ जेष्ठ २०७६ १५:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App