४ वैशाख २०८१ मंगलबार
राजनीति

विपीको आर्थिक नीतिसँग बजेटको तुलना, अर्थमन्त्रीलाई सोधियो गम्भीर प्रश्न

काठमाडौं– नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छिन्।

प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठूलो अवसर भए पनि बजेट बरालिएर आएको बताइन्। पूँजीगत खर्च देखेर आफूहरुलाई निराश बनाएको भन्दै उनले कार्यकर्तालाई, नेतालाई खुसी पार्नका लागि बजेट दुरुपयोग हुन सक्ने आशंका गरे। विगतमा श्री ३ को र श्री ५ को बाहुलीमा रकम चढाए जस्तै गरि प्रधानमन्त्रीको कार्यालयलाई रकम चढाउने ढंगले अत्यन्तै वितरणमुखी बजेट आएको दाबी उनले गरिन्।  

तात्कालिन प्रधानमन्त्री विपी कोइरालाले मुलुकको आर्थिक नीति बनाउने क्रममा ‘म मेरो नेपाली जनतालाई १५ बर्षमा म जत्तिकै बनाउँछु’ भनेर उद्घोष गरेको स्मरण गर्दे उनले अर्थमन्त्रीलाई प्रश्न गरिन्, ‘आज म अर्थमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु। अर्थमन्त्री ज्यू, आफ्नो क्षमता, आफ्नो योग्यता, आफूजस्तै नेपाली जनतालाई कहिले बनाउने? यस्तो बरालिएको बजेटले नेपाली जनतालाई अर्थमन्त्री जत्तिको बनाउन सक्दैन।’

उनले संघीयता विरोधी बजेट आएको भन्दै संशोधनको माग गरिन्। उनले बजेट संघीयता विरोधी भएको, बजेटले प्रदेशको उन्नति र सम्मृद्धि भन्दा सिंहदरबारको समृद्धि र केन्द्रको समृद्धितर्फ आँखा लगाएको टिप्पणी गरिन्।

नेपाली कांग्रेसको सरकारको समयमा धेरै युवाहरु विदेश गए भन्ने भनाईमा सत्यता नभएको भन्दै उनले तथ्यांक हेर्न आग्रह गरिन्। नेपाली कांग्रेसको सरकारको समयमा मुलुकभित्र धेरै रोजगारी श्रृजना भएको उनको दाबी छ।

प्रकाशित: २३ जेष्ठ २०७६ ०८:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App