६ वैशाख २०८१ बिहीबार
राजनीति

इटहरीका मेयरलाई कारवाही गर्न सांसदको माग

फाइल तस्बिर

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न माग गरेका छन्। 

बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने मेयर चौधरीलाई कारवाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।  

सांसदद्वय सुजाता परियार र हिरा गुरुङले मेयर चौधरीबाट सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए। सांसद गुरुङले पत्रकारलाई दुर्व्यवहार गर्ने प्रमुखलाई तत्काल कानुनी कारवाही गर्न उनीहरुले माग गरे।

प्रकाशित: २३ जेष्ठ २०७६ ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App