coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्यायोः कार्की

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संविधानको मर्म र भावना विपरित बजेट ल्याएको दावी गरेका छन्। सोमबार प्रतिनिधिसभामा सरकारले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को राजस्व, र व्ययको आर्थिक अनुमान’ माथिको प्रारम्भिक छलफलमा भाग लिँदै नेता कार्कीले बजेटले गरिव जनतामा कुनै पनि खालको उत्साह भर्न नसकेको बताए।

काँग्रेस नेता कार्कीले अर्थतन्त्रका मुख्य आधारहरु कमजोर हुँदै गईरहेका बेला कसरी आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्न सकिन्छ? भन्दै सरकारलाई प्रश्न पनि गरे। व्यापार घाटा भयावह बन्दै गएको, राजस्व संकलनको काम उत्साहजनक नभएको अवस्थामा आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ८ दशमलव ५ प्रतिशत पु-याउने बजेटको लक्ष्य हासिल हुन नसक्ने उहाँको तर्क छ।

नेता कार्कीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले भयावह अवस्थामा रहेको व्यापार घाटालाई कम गर्ने कुनै दृष्टिकोण र कार्यक्रम ल्याउन नसकेको आरोप पनि लगाए। त्यसैगरी बजेटले आगामी आर्थिक वर्षमा ५ लाखलाई रोजगारी दिने उडन्ते कल्पना मात्रै गरेको काँग्रेस नेता कार्कीको भनाई छ। उनले ११ खर्ब भन्दा बढि व्यापार घाटा १० महिनायताको सरकारी तथ्यांकले देखाएको उल्लेख गर्दै त्यसलाई न्यूनिकरण गर्दै लैजाने बाटो सरकारले प्रस्तुत गरेको बजेटमा नदेखिएको पनि बताए।

नेता कार्कीले आर्थिक वृद्धिदर उच्च बनाउने, दिगो विकास लक्ष्य हासिल गर्ने, रोजगारीको अवसर सृजना गर्ने बजेटको लक्ष्य राम्रो भएपनि त्यसलाई प्राप्त गर्ने कुनै दृष्टिकोण पनि बजेटमा नभएको बताए।

प्रकाशित: २० जेष्ठ २०७६ ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App