coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कम्युनिस्ट सरकारको राणा र पञ्चायत जस्तै हालत हुन्छ : सभापति देउवा

बुटवल-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  दुई तिहाइको सरकारले आफ्ना निरङकुश गतिविधिहरु नसच्याए राणा र पञ्चायतको जस्तै हालत हुने चेतावनी दिएका  छन।

नेपाल प्रेस युनियन रुपन्देहीले आइतबार भैरहवा बिमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापती देउवाले निरङकुस बनीरहे राणा र पञ्चायत जस्तै ओली सरकार पनि ढल्ने दावी गरे। 'राणा र पञ्चायततसंग शक्ति थिएन र ? तैपनि कांग्रेसकै नेतृत्वमा ढल्यो। निरङकुस गतीविधि नसच्याए ओली सरकारको हालत पनि तीनको जस्तै हुनेछ’, सभापती देउवाले भने।

सरकार तानाशाही भएको भन्दै उनले आन्दोलन गर्ने चेतावनी पनि दिए। न्यायालय, प्रेस र  मानवअधिकार माथिको हस्तक्षेप र नियन्त्रणमुखी विधेयकले ओली सरकारको तानाशाही चरित्र छर्लङ्ग भएको टिप्पणी देउवाले गरे। मिडीया काउन्सिल,मानवअधिकार र शान्तिसुरक्षा सम्बन्धि विधेयक काँग्रेसले कुनै हालतमा पास हुन नदिने दोहोर्‍याए।

सरकारले वाइड बडी र ललीता निवास प्रकारणसँगै बुढिगण्डकी जलविद्युत लगायतका आयोजनामा चरम भ्रष्टाचार गरेको र भ्रष्टाचारीलाई ढाकछोप गरीरहेको उनले  बताए। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले बालुवाटार जग्गा प्रकरण र वाइड बडी विमान प्रकरणको सुक्ष्म अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनी गरे। ति मुद्दामा तपाईको पनि नाम जोडियो नी? भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा काँग्रेस सभापती देउवाले त्यसमा अफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारे। ‘यी काण्डमा मेरो कुनै संलग्नता छैन। सदनमै स्पष्ट भनीसकेको छु। त्यसको अनुसन्धान गर्ने अख्तियारले हो। छिटो तर सुक्ष्म अनुसन्धान गर्नु पर्यो’ देउवाले भने।

कांग्रेसले बनाएको छाँया सरकारका मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका कमीकमजोरी र सरकारका गलत क्रियाकलापका बिषयमा खोजी गरी संदनबाटै ती बिषयलाई उठान गर्ने बताए।

कम्युनिस्ट सर्वसत्तावाद बिरुद्ध लड्न कांग्रेस भित्र एकता जरुरी भएकाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रक्रिया अगाडि बढेको देउवाले बताए। 'गुटको अन्त्य गरी एकता कायम गर्नु मेरो दायित्व र जिम्मेबारी हो। त्यसलाई पुरा गर्नेछु’, देउवाले भने। पत्रकार भेटघाटमा उनले बजेट जनताको हितकालागि नभइ  नेकपाका नेता पाल्न ल्याइएको टिप्पणी गरे। कांग्रेसकै केही सांसदहरुले संसद विकास कोषलाई स्वागत गरेको भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा सभापती देउवाले आफ्ना कुनैपनि नेता त्यसको पक्षमा नभएको दावी पनि गरे।

प्रकाशित: १९ जेष्ठ २०७६ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App