८ वैशाख २०८१ शनिबार
राजनीति

सांसदलाई ६ करोडले पुग्दैन, १० करोड चाहिन्छः कांग्रेस नेता खड्का

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको बताएका छन्। उनले यसलाई अझै बढाएर १० करोड पुर्याउनुपर्ने आवश्यकता औंल्याए। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ। सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ।’  पार्टीले सांसदलाई पैसा दिने सरकारकाे निर्णयकाे विराेध गरिरहेका बेला खड्काले बढाउनुपर्ने धारणा अघि सारेका हुन्।

अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे। 

उनले भने, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन्।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ। 

उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन्। सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्बको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे। 

पुँजीगत खर्च ४५ प्रतिशतभन्दा बढी हुन नसकेकोमा खड्काले गुनासो पोखे। उनले भने, ‘हामीले प्राप्त गरेको मन्त्रालयगत पुँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ। अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ।’
खड्काले सामाजिक सुरक्षाको दायित्व बढी भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए। पछिल्लो दश

महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए। 

३५ अर्बभन्दा बढीको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयात हुने गरेको पनि सुनाए। उनले भने, ‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ।’

प्रकाशित: १८ जेष्ठ २०७६ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App