२० असार २०७७ शनिबार
राजनीति

शशांक भन्छन्ः सरकारले विप्लवलाई आतंककारी भने पनि अन्तिममा मिल्ने देख्छु

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने दावी गरेका छन्।

महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको संविधान फेर्ने नियतका साथ वर्तमान सरकार र चन्द नेतृत्वको नेकपा मिल्ने तर्क गर्दै संविधानको रक्षा गर्न पनि काँग्रेस नेता, कार्यकर्ता एकजुट भएर अघि बढनुको विकल्प नरहेको पनि बताए। वर्तमान सरकारले चन्द नेतृत्वको नेकपालाई आतंककारी भने पनि अन्तमा गएर उनीहरु मिल्ने आफूलाई लागेको महामन्त्री कोइरालाको भनाई छ। 

नेपाल प्रेस युनियनको २८ औं वार्षिकोत्सव कार्यक्रमको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रलाई खतरामा पार्ने गरी आएको मिडिया काउन्सिल सम्बन्धि विधेयक संसदबाट पारित नगर्न पनि सरकारलाई सचेत गराए।

महामन्त्री कोइरालाले मिडिया काउन्सिलसम्बन्धि विधेयक पारित हुन नदिन सरकारविरुद्ध प्रतिक्रियामा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गरे। सरकारले ल्याएको सो विधेयक संसदबाट पारित भए लोकतन्त्र खतरामा पर्ने महामन्त्री कोइरालाको दावी छ।

प्रकाशित: १३ जेष्ठ २०७६ २१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App