coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सत्ताबारे दोधारमा समाजवादी पार्टी

काठमाडौं - तत्काल सरकार छाड्ने कि नछाड्ने भन्ने विषयमा नवगठित पार्टी समाजवादी पार्टीमा तीव्र विवाद उत्पन्न भएको छ। पार्टी स्रोतका अनुसार पार्टीभित्र तत्काल सरकार छाड्ने/नछाड्ने भन्नेमा आधाआधा मत छ। नयाँ शक्तिबाट आएका अधिकांश नेताहरू तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् भने तत्कालीन संघीय फोरमका केही पदाधिकारी त्यसको विपक्षमा छन्। पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवको भित्री चाहना तत्काल सरकार छाड्ने पक्षमा नरहेको पार्टीका एक पदाधिकारी बताउँछन्। उनी भन्छन्, ‘बाहिर जस्तो भाषण गरे पनि अध्यक्ष(यादव)को भित्री चाहना तत्काल सरकार छाड्नुपर्ने पक्षमा भएको देखिन्न। उहाँको चाहना त्यस्तो भएको भए अहिले पार्टीले सरकार छाडिसक्थ्यो।’

स्रोतका अनुसार पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराई भने तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन्। पार्टी एकीकरणपछि पनि उनी संसद्मा प्रतिपक्षको कुर्सीमा बस्दै आएका छन्। भट्टराईनिकट नेताहरू भने निर्वाचन आयोगबाट दुई पार्टी एकीकरण भएको औपचारिक जानकारी नआएकोले भट्टराई प्रतिपक्षी कुर्सीमा बसेको बताउँछन्। संघीय फोरमसँग पार्टी एकीकरण गर्न अघि नयाँ शक्तिका नेताहरूले सुरुमा पार्टी एकीकरण गर्नुअघि संघीय फोरमले सरकार छाड्नुपर्ने सर्त राखेका थिए। यस सर्तमा संघीय फोरमका नेताहरू सहमत भएनन्। यस विषयमा एकीकरणपछि एकीकृत पार्टीले निर्णय गर्ने उनीहरूले बताएका थिए। स्रोतका अनुसार संघीय फोरमका उपाध्यक्ष रेणु यादव, महासचिव रामसाह यादवलगायत केही नेता भने पार्टीले तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन्। सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी अध्यक्ष यादवलाई साथ दिँदै आएका छन्। पार्टीबाट सरकारमा गएका नेताहरू पनि तत्काल सरकार छाड्ने पक्षमा छैनन्।

पार्टीले तत्काल सरकार छाड्नुपर्ने पर्छ भन्नेहरूको अगुवाइ गर्दै आएकी उपाध्यक्ष रेणु यादव भन्छिन्, ‘संविधान संशोधन नभए पार्टी सरकारमा बस्नुको औचित्य नरहेको बताइन्। उनले भनिन्, ‘पार्टीले जनताको भाावना बुझ्नुपर्छ। जनताको भावना मधेसको अजेन्डा सम्बोधन होस् र संविधान संशोधन होस् भन्ने हो।’ संविधान संशोधन हुने स्थिति नभए पार्टीले सरकार छाड्नुपर्ने उनले धारणा राखिन्। नवगठित पार्टीका सचिव तथा सहरी विकास मन्त्री इस्तियाक राईले नयाँ शक्ति र संघीय फोरमबीच एकीकरण हुँदा तत्काल सरकार छाड्ने सहमति नभएको बताए। उनले भने, ‘सरकार छाड्ने सहमति भएको छैन। यस विषयमा छलफल भएको छैन।’

समाजवादी पार्टीले अहिले अहिले पार्टी एकीकरणको सन्देश कार्यकर्तासम्म पु¥याउन देशभर अभिमुखी कार्यक्रम सुरु गर्दैछ। सो कार्यक्रम जेठ ११ देखि सुरु भई जेठ २० गतेसम्म चल्ने छ। यस क्रममा देशभर ८ ठाउँमा कार्यक्रम हुने छन्। सबै अभिमुखी कार्यक्रममा अध्यक्ष द्धय भट्टराइ र यादव सहभागी हुनेछन्। अभिमुखीकरण कार्यक्रमपछि पार्टीको आन्तरिक छलफल हुने छ। आन्तरिक छलफल पछि सरकारलाई अन्तिम एकपटक ज्ञापन पत्र बुझाउने सम्भावना रहेको पार्टीका एक नेताले बताए। दुई पार्टी गठन हुँदा संविधान संशोधनलगायतका माग पूरा गर्न सरकारलाई अल्टिमेट दिने, अल्टिमेटपछि पनि सरकारले माग पूरा नगर सरकार छाड्ने सहमति भएको पार्टी स्रोतको भनाइ छ। यस्तो निर्णय यसअघि नै तत्कालीन संघीय समाजवादी पार्टीले गरेको थियो। त्यसैले यो निर्णय नयाँ भने होइन।

‘माग पूरा गर्न सरकारलाई अल्टिेम दिनुको आशय तत्काल सरकार छाड्दैनांै भन्ने हो,’ तत्कालीन संघीय समाजवादी फोरम नेपालका एक केन्द्रीय नेताले यस्तो विश्लेषण गरे। यसअघि तत्कालीन नयाँ शक्तिका संयोजक भट्टराईले पार्टी एकीकरण गर्नुअघि फोरमले सरकार छाड्नुपर्ने सर्त राखेका थिए। भट्टराई आफ्नो अडानबाट पछि हट्दै माग पूूरा गर्न अल्टिेमट दिने, अल्टिेम पनि माग पूरा नभए सरकार छाड्ने निर्णयमा सहमति जनाएका छन्। उनले पार्टीभित्र आफ्नो अजेन्डा लागू गराउन पनि उनी तत्काल सरकार छाड्नुपर्नेमा पक्षमा उभिएका छन्। यसको संकेत उनले पार्टी एकीकरण घोषणा कार्यक्रममा गरे। उनले भने, ‘हामीले कुनै पनि बेला सरकार छाड्न सक्छांै।’ एकीकरण घोषणा कार्यक्रममा संविधान संशोधनको माग पूरा गर्न नवगठित पाटीले आन्दोलनको आँधीबेहरी ल्याउन भट्टराईले बताएका थिए।

नवगठित पार्टीले तत्काल सरकार नछाडे पनि सरकार छाड्न आगामी दिनमा पार्टीलाई दबाब बढ्दै जानेछ। त्यसैले नवगठित पार्टीले कुनै पनि बेला सरकार छाड्ने सक्ने नेताहरूले जनाएका छन्। प्रतिनिधिसभामा समाजवादी पार्टी नेपालको उपस्थिति १७ रहेको छ। जसमध्ये एकजना सांसद हरिनारायण रौनियार निलम्बित अवस्थामा छन्। समाजवादी पार्टीले सरकार छाडेमा वर्तमान सरकारले दुईतिहाइको समर्थन गुमाउने छ। नयाँ शक्ति पार्टीसँग एकीकरण गर्नुुअघि तत्कालीन फोरमका अध्यक्ष यादवले राजपासँग पनि पार्टी एकीकरण गर्न प्रयास गरेका थिए। यसका लागि उनले दुईतीन चरण राजपाका नेताहरूसँग अनौपचारिक कुराकानी गरेका थिए। राजपाले भने पार्टी एकीकरण गर्नुअघि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने सर्त राख्दै आएको छ।

अहिले राजपा र समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण प्रक्रिया अघि बढेको छैन। राजपाका महासचिव केशव झाले समाजवादी फोरमले नेपालले सरकार नछाड्दासम्म पार्टी एकीकरण प्रक्रिया अघि नबढ्ने बताउँछन्। झा भन्छन्, ‘समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्नुअघि समावादी फोरमले सरकार छाड्नुपर्ने सर्त हामीले राखेका छौं। त्यसैले त्यस पार्टीले सरकार नछाड्दासम्म एकीकरण प्रक्रिया अघि बढ्दैन।’ राजपासँग औपचारिक संवाद हुनुअघि नै यादवले नयाँ शक्तिसँग पार्टी एकीकरण गरेका थिए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App